विवेकशीलका संयोजकसहित नेता कार्यकर्ता पक्राउ

दलित अनलाईन १६ असार २०७५, शनिबार १२:५२

काठमाडौं – राजधानीका माइतीघरसहित देशभरका निश्चित स्थानबाहेक अनेत्र सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसअघि सरकारले राजधानीका विभिन्न सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने सूचना जारी गरको थियो । सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो ।

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank