आइतबार साँझ काठमाडौँ फर्कँदै प्रचण्ड

दलित अनलाईन १६ असार २०७५, शनिबार १२:४७

काठमाडाैं – पत्नी सीता दाहालको उपचारको सिलसिलामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोलि काठमाडौँ फर्कनुहुने भएकाे छ ।

३ असारमा सिँगापुरतर्फ प्रस्थान  गर्नु भएका प्रचण्डले पत्नी सीताको उपचार लम्बिएपछि सिँगापुर बसाईंलाई  पनि लम्ब्यानु  भएको हो ।

उहँको ८ असारमा नै काठमाडौँ फर्कने कार्यक्रम थियो, तर पत्नी सीताको अनुरोध टार्न सकेनन् नसकेपछि उतै बस्नुभएको हो ।

प्रचण्ड–सीताका साथमा कान्छी छोरी गंगा र भतिज समीर दाहाल पनि सिँगापुर गएपनि उनीहरु १० असारमा काठमाडौँ फर्किसकेनु भएकाे छ।

दुई अध्यक्षमध्ये एक रहेनु भएका  प्रचण्डको सिँगापुर बसाईंका कारण प्रदेश कमिटी र जनवर्गीय संगठनको एकताले मूर्तरुप पाउन सकेको छैन। नेकपाका दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले सरकार सञ्चालनको र प्रचण्डले पार्टी संगठनको जिम्मेवारी सम्हाल्दै आउनु भएकाे छ । संगठनको जिम्मेवारी पाएका प्रचण्ड सिँगापुर प्रस्थान गरेपछि प्रदेश र जनवर्गीय संगठनहरुको एकताले तीब्रता पाउन सकेको छैन।

प्रचण्डको काठमाडौँ फिर्ती लगत्तै प्रदेश कमिटीहरुको एकता प्रक्रियाले तीब्रता पाउनेछ। उहाँ आइतबार साँझ ९ बजे काठमाडौँ आइपुग्ने हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank