प्रचण्ड अझै एक साता सिंगापुर बस्ने, सीताको स्वास्थ्यमा सुधार

दलित अनलाईन १२ असार २०७५, मंगलवार १९:२८

काठमाडौं पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर भएका प्रचण्ड अझै एकसाता त्यहाँ बस्ने भएका छन् ।

प्रचण्ड र सीतासँगै गएकी प्रचण्ड पुत्री गंगा दाहालले आमाको स्वस्वाथ्यमा सुधार आएको र अझै एक साता सिंगापुर बसाई रहने बताएकी छिन् ।

प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।

चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि उनको बसाई लम्बिएको छ । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो ।

यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो ।

छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो ।

पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank