काभ्रेमा गाडि पल्टिँदा एक जनाको मृत्यु, ६ घाइते

दलित अनलाईन ११ असार २०७५, सोमबार १०:५५

काभ्रे–  धुलिखेल नगरपालिका–१ ओपीमा सोमबार बिहान तरकारी बोक्ने निशान गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार मृत्यू हुनेमा धुलिखेल नगरपालिका–१ देवीटारकी ४० वर्षीया ललीमाया तामाङ रहेकी छन् ।

उनको नेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । देवीटारबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नम्बरको निशास दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा धुलिखेल नगरपालिका–१ देवीटारका ११ वर्षीय सुजन लामा, ५० वर्षीय ठूलीमाया तामाङ, ४८ वर्षीय ज्ञानीमाया तामाङ, ४२ वर्षीय धनमान तामाङ, पनौतीका ३१ वर्षीय सानुकान्छा तामाङ र खानीखोला गाउँपालिका फलामेटारका ४० वर्षीय मान बहादुर गोले रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

गाडी सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो । गाडी दुर्घटनाग्रस्त गाडीमा आगोलागी भएपछि स्थानीयले बनेपा नगरपालिकाको दमकल बोलाएका थिए । तर, नगरपालिका कार्यालयबाट करिब ६, ७ मिनेटको दुरीमा घटना भएपनि घटना भएको एक घण्टापछि मात्र दमकल आएको भन्दै स्थानीय आक्रोशित भएका छन् । दमकल समयमा नपुगेपछि प्रहरीले जर्किनमा पानी ओसारेर आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जनकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank