प्रतिनिधिसभा बैठक– कांग्रेस सांसदहरुको असन्तुष्टि

दलित अनलाईन ११ असार २०७५, सोमबार १०:४५

काठमाडौं–प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरि विभेद गरेको टिप्पणी गरेका हुन् । नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामिण क्षेत्रको सामान्य पूर्वाधारका कार्यक्रममा पनि उचित ध्यान पुर्याउन नसकेको भन्दै आक्रोश पोखे । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालले ठुला ठुला सपना देखाउने सरकारले आफ्नो क्षेत्रमा पैदलमार्गका लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाइन् ।

बाग्लुङकी सांसद छन्त्यालले अलपत्र परेका बुर्तिवाङ देखि बुंगादोभान–खुनखानी– म्यादी गुर्जा बहुबर्षीय योजना, बुर्तिवाङ– बुंगादोभान– चौरबन –नजा –म्याग्दी–गुर्जासडक, बुर्तिवाङ –बुंगादोभान– बुंङखानी– मोरपानी– जलजला –म्याग्दी गुर्जासडक, बुर्तिवाङ– चाचलघाट– घोर्सा –बुढाताल– ढोरपाटन सडक निर्माणका लागि बजेट विनियोजन नभएकोमा आक्रोश पाखिन् । बुढा र बुढीको उखान भन्दै उनले सरकारले गरिमामय सदनका सांसदहरुको हात खुट्टा बाँधेर राख्ने काम गरेको आरोप लगाइन् ।

उनले भनिन्– ‘ठुला ठुला योजना गर्छु भन्ने, रेल मार्ग पानी जहाजको सपना देखाउने, आज खुनखानीबाट गुर्जा जस्तो सडकमा एउटा पैदल मार्ग छैन । दिनरात बास बसेर त्यो गुर्जाका जनता त्यो ठाउँमा पुग्छन् । बास बस्दै गर्दा कसैलाई भालुले खाएको छ, बाघले खाएको छ । चिप्लिएर मरेका छन् । पैदलमार्ग पाएका छैनन् । त्यस्ता ठाउँका जनताले भोट हालेर बनेको दुई तिहाईको सरकारले रेलमार्ग र पानी जहाजको सपना देखेर सेवा सुविधा हुने ठाउमा बस्ने ?’ उनले कांग्रेसले जितेको क्षेत्रमा बजेट र पुराना योजना पनि काटिएको भन्दै आक्रोश पोखिन् । उनले भनिन्– ‘नेपाली कांग्रेसले गरेको कार्यक्रम सबै ढोंङग्रोमा हाल्ने ? त्यहाका जनता होइनन् ? त्यहाँका जनता रोएर बसेका छन् ।’

त्यसैगरी सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् । आफ्नो जिल्ला बद्रियामा कुनै पनि योजना नपरेको भन्दै उहाँले प्रतिपक्षी दल निर्वाचित भएपनि त्यहाका जनता पनि नेपाली नै भएकाले विभेद नगर्न सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank