दलित समुदायमाथि घाटमा समेत विभेद

दलित अनलाईन ६ असार २०७५, बुधबार ०८:३७

डडेल्धुरा- डडेल्धुरा जिल्लाको दर्जनौँ स्थानमा अझै पनि जातीय विभेद कायमै छ । दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामा त विभेद भोग्न बाध्य बनेका छन् नै, मृत्यु पश्चातपनि विभेदका सिकार बनेका छन् ।

यतिसम्म कि दलित र गैर दलितका लागि मृत्युपछि दहासंस्कारका लागि छुट्टा–छुट्टै घाट समेत निर्माण गरिएका छन् । मृत्युपछि पनि दलित माथि विभेद लादिएको गुनासो गर्छन् स्थानीय अमरगढी ३ का शिक्षक भक्तबहादुर विके । डडेल्धुरा सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका ३ मा दलित र गैर दलितका लागि छुट्टा–छेट्टै ठाउँमा घाट बनाइएको शिक्षक विकेले बताए ।

एउटै घाटमा दाहासंस्कार गरे देवीले सराप्ने अन्धविश्वास र अन्य जाति भन्दा दलित जातिको संख्यामा कमी, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमीले यो विभेद वर्षौँदेखि कायमै रहेको स्थानीय समाज सेवी ईन्दिरा ताम्राकार बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank