विभेद

हराउँदै पन्चैबाजा : बजाउनेमाथि जातीय विभेद, व्यावसायिकताका लागि छैन नीति

कथित दलितले मात्रै बजाउने हो भन्ने परम्परागत मान्यताका कारण नयाँ पुस्ता पन्चैबाजा बजाउनै चाहँदैन। पुरानो पुस्ता पनि बाजागाजामा जातीय ‘विभेद’ हुन थालेको भन्दै यसबाट अलग हुँदैछ।