रुकुम हत्या प्रकरणमा मृतकको संख्या ६ पुग्यो

दलित अनलाईन २० जेष्ठ २०७७, मंगलवार २१:४३

काठमाडाैं — अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट हत्या गरिएका मृतकको संखय छ पुगेको छ।

रुकुम पश्चिमको चौरजहारी प्रकरणमा नगरपालिका ८ सोतीगाउँमा जेठ १० गते भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको हाे

अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट हत्या गरिएको संख्या ६ पुगेको छ ।    श्रेष्ठका अनुसार  १९ वर्षीय गोविन्द शाहीको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल पठाएकाे छ ।

शाहीको टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको  थियो। अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित सामुहिक ढंगबाट जाजरकोटका नवराज विक सहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ६ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank