मजदुरहरुलाई ६ महिना एक्लै पाल्छु भनेका मेयर दम्पत्तीले गरे २ सय ३१ परिवारलाई राहत वितरण

दलित अनलाईन २२ बैशाख २०७७, सोमबार २२:४४

काठमाडौं–‘मनकारी मेयर’ भनेर चिनिएका बाग्लुङ्ख ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र धर्मपत्नी छेला नेपालीले तमानखोला गाउँपालिकाका २ सय ३१ घर परिवारलाई राहत वितरण गरेका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका अति गरिव, विपन्न तथा मजदुर र दलितहरुलाई मेयर देवकुमार नेपाली र धर्मपत्नी छेला नेपालीले सोमबार व्यक्तिगत खर्चमा राहत वितरण गरेका हुन् ।
विश्वभर संकट निम्त्याइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देश लकडाउनको अवस्थाबाट अगाडि बढेसँगै मयेर दम्पतिले अति गरिव, विपन्न तथा मजदुर र दलित समुदायलाई गरी ११ सय परिवारलाई राहत उपलब्ध गराईसकेको छ । लकडाउन सुरु भए लगतै वुर्तिबाङ्खदेखि पोखरा र काठमाडौंमा रहेका आफ्ना घरमा बस्ने व्यक्ति र विभिन्न संस्थालाई मेयर नेपालीले एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरेको घोषणा गरिसकेका छन् ।


लकडाउनका कारण सिर्जना भएको भोकमरीलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आफुहरुले अति गरिव, विपन्न तथा मजदुर र दलितहरुलाई राहत वितरण गरेको छेला नेपालीले बताइन् ।
मेयर दम्पत्तीले तमानखोला गाउँपालिकाको वडा नं. १ मा ७० घरपरिवार, वडा नं. २ मा ३४, वडा नं. ३ मा २३, वडा नं. ४ मा २५, वडा नं. ५ मा ४५ र वडा नं. ६ मा २६ घरपरिवारलाई राहत वितरण गरे । तमानखोला गाउँ कार्यपालिका कार्यालय बोंगादोभानमा मेयर दम्पति पुगेर सामाजिक व्यक्तित्वहरुको रोहवरमा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढालाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । २ सय ३१ बोरा जिरा स्टीम चामल, २ सय ३० लिटर खाने तेल, २ सय ३० केजी दाल, २ सय ३० केजी नुन र ४ सय ६० पिस नुहाउने साबुन उपलब्ध गराएको छेला नेपालीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank