‘लकडाउनलाई अझै प्रभावकारी बनाउने कोशिस गरिरहेका छौं’ : सोमनाथ पोर्तेल

दलित अनलाईन २९ चैत्र २०७६, शनिबार २१:१२

 

देश यतिबेला पूर्ण रुपमा लकडाउनको अवस्थामा छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस(कोभिड(१९)ले विश्वभरका मुलुकहरुलाई आक्रान्त बनाएको छ । प्राय : सबै देशहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नका लागि देश लकडाउनमा राखेका हुन् । कोरोना भाइरस (कोभिड(१९)बाट नेपाल पनि सुरक्षित बन्नकै लागि लगभग तीन हप्ता लकडाउनको अवस्थाबाट अगाडी बढ्दै छ । (कोभिड(१९) रोकथाम र नियन्त्रणका लागि नेपालका स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त सक्रिया बढ्एका छन् । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा स्थानीय गाउँपालिका र नगरपालिकाहरुले यतिबेला आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि झापामा १५ स्थानीय तह र विभिन्न सरोकारवाला निकायहरु सक्रिय रुपमा लागिपरेका छन् । झापामा राहत वितरण सँगै रोकथाम र नियन्त्रणका लागि भएका पहलहरुलाई जिल्ला समन्वय समिति झापाका प्रमुख तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसँग दलित अनलाईन डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको संम्पादित बाँकी अँश ।

१. कोरोना भाइरस संक्रमण जोखिमबाट सुरक्षित हुन झापामा के कस्ता काम भइरहेका छन् ?
झापामा हामीले कोरोना भाइरस रोकथामका लागि चैत्र ७ गते मेरो अध्यक्षतामा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति बनाएर एकिकृत रुपमा काम गरिरहेका छौं । हालसम्म ७३६ बेडको क्वारेन्टाइन निर्माण गरेर काम गरिरहेका छौं । जिल्ला स्तरीय क्वारेन्टाइन ७० बेडको बनाइएको छ । १५ वटा स्थानीय तहमा, त्यसै गरी क्वारेन्टाइन निर्माण गरिएको छ । मेची अञ्चल अस्पतालमा २५ बेडको क्वारेन्टाइन बनाएर बनाइएको छ । सीमा नाकाहरुलाई बन्द गरिएको छ । लकडाउनलाई प्रभावकारी बनाइएको छ । खुला सीमाको फाइदा उठाएर मान्छेहरुको प्रवेश हुन सक्छ भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा निगरानी समूह बनाएर आवतजावतलाई रोक्न व्यवस्थित काम गरि राखिएको छ ।
२. क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कहाँ कसरी व्यवस्थापन गरिएको छ ?
मेची अञ्चल अस्पतालमा २५ बेड क्षमताको आइसोलेसन व्यवस्थापन गरिएको छ । त्यहाँ शँकास्पद विरामीको उपचार र स्वाव टेस्टको कामका लागि आवश्यक तयारी गरिएको छ । झापाको सबै पालिकामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने जिल्ला स्तरीय क्वारेन्टाइनको कलवलगुरीमा सेनाले व्यवस्थापन गर्दै आएको अवस्था छ ।
३. खुल्ला सीमा झापाको लागि चुनौति छ । चूनौतिको सामना गर्न तपाईहरु के गर्दै हुनहुन्छ ?
नेपाल सरकारले खुला सीमामा नियन्त्रणका लागि बोर्डर शील नै गरेको छ । सीमा क्षेत्रको सुरक्षाका लागि अस्थायी पोष्ट निर्माण गरेर सशस्त्र प्रहरी काम गरिरहेको छ । त्यहाँ थप सुरक्षाका लागि नेपाल प्रहरीलाई समेत परिचालन गरिएको छ । दुवै सुरक्षा निकायको समन्वयमा नागरिककै सहभागितामा नागरिक संयन्त्र मार्फत त्यहाँको चुनौति समाधान गर्ने काम भइरहेको छ । नागरिककै निगरानीबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन समेत मिलाइएको छ ।
४. अहिलेसम्म कतिलाई क्वारेन्टाइनमा राखिएको छ, स्वाव परीक्षणको अवस्था के छ ?
झापाको १५ वटा पालिकामा २७ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । त्यसको क्षमता ७३६ बेडको छ । अहिले जम्मा १७७ जना क्वारेन्टाइनमा छन् भने १५३ जना क्वारेन्टाइनबाट डिस्चार्ज भएर घर फर्किएको अवस्था छ । मेची अञ्चल अस्पतालमा १२ जनालाई भर्ना गरिएको छ । त्यसमध्ये ९ जनाको परिक्षण सकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट आउन बाँकी छ । र, झापाको एक जना नागरिकले सोझै धरान घोपा गएर स्वाव टेष्ट गराएका थिए । उनको पनि रिपोर्ट नेगेटिभ नै आएको छ ।
५.नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको अवस्था छ ,अब यसको जोखिम कम गर्न झापामा कस्तो योजना बनाउनु भएको छ ?
स्वभाविक रुपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । यो सँगै झापामा जोखिमलाई न्यूनिकरण गर्नका लागि लकडाउनलाई अझै प्रभावकारी बनाउने कोशिस गरिरहेका छौं । यस्तै, झापामा आजदेखि १० देखि ४ बजेसम्म अत्यावश्यक पसलहरु खुल्ला गर्ने प्रबन्ध मिलाएका छौं । शीतल फिरेपछि मान्छेहरु बाहिर निस्किने, गफगाफ गर्न भेला हुने लगायतका गतिविधि बढेपछि यसलाई निरुत्साहित गर्ने काम भइरहेको छ । चोक बजारमा अनावश्यक हिँडडुल गर्नेहरुलाई सडकमै उभ्याउने (होल्ड) काम गरेर नियन्त्रण गर्ने पहल प्रयत्नहरु भइरहेको छ ।

राहत वितरणको अवस्था हेर्दा आजसम्म ३६ हजार ८ सय ३ जना परिवारलाई राहत वितरण गरिएको छ । ती परिवारका ८८ हजार ८ सय ८० सदस्यमाझ राहत पुगेको अवस्था छ । राहतमा ७ लाख १० हजार १ सय ९४ केजी चामल, ८९ हजार ६ सय ४२ केजी दाल, ५३ हजार ६ सय १ केजी नुन , ३३ हजार ६ सय ८० लिटर तेल र २५ हजार ५ सय ६६ पिस साबुन राहत वितरण गरिएको छ ।

६.लकडाउनले आम नागरिकको अवस्था दयनीय बन्दै गइरहेको छ । उनीहरुको दैनिक खाद्य व्यवस्था के हुदैछ ?
खाद्यन्न आपूर्तिको व्यवस्थापन गरिएको छ । खाद्यान्न उत्पादन गर्ने उद्योगहरुलाई नियमित सञ्चालनको व्यवस्था मिलाइएको छ । उद्योगमा आवश्यक पर्ने मजदुरहरुको व्यवस्थापन गर्न लगाइएको छ र अहिले खाद्यान्नसँग सम्बन्धित उद्योगहरु नियमित रुपमा सञ्चालन गर्न लगाइएको छ । त्यसको अनुगमन गर्दा सरकारले तोकेको मापदण्ड बमोजिम उद्योग कलकारखानाहरु सञ्चालन गरेको पाइएको छ । यहाँ खाद्यान्नको अभाव हुन नदिने र पहाडी जिल्लाहरुमा समेत खाद्यान्न आपूर्ति गर्न हामी सक्षम छौं ।


७. जिल्लामा राहत संकलन र व्यवस्थापनको अवस्था के छ ?
जिल्लास्तरको राहत संकलन हामीले गरेका छैनौं । जिल्लास्तरीय कोरोना भाइरस उपचार कोष जम्मा ५० लाखको बनाउने निर्णय गरेका छौं । त्यसमा गाउँपालिका र नगरपालिकाहरुबाट , अन्य सामाजिक संघ संस्थाहरुबाट , प्रतिष्ठित व्यक्तिहरुबाट सो कोषमा रकम जम्मा गर्न हामीले आव्हान गरेका छौं । गाउँपालिका र नगरपालिकाले बनाएको कोषमा राहत संकलन भइरहेको छ । सबै पालिकाहरुमा हेर्दा ५ करोड २२ लाख ४७ हजार ८ सय १७ रुपैयाँको कोष बनेको स्थिति छ । राहत वितरणको अवस्था हेर्दा आजसम्म ३६ हजार ८ सय ३ जना परिवारलाई राहत वितरण गरिएको छ । ती परिवारका ८८ हजार ८ सय ८० सदस्यमाझ राहत पुगेको अवस्था छ । राहतमा ७ लाख १० हजार १ सय ९४ केजी चामल, ८९ हजार ६ सय ४२ केजी दाल, ५३ हजार ६ सय १ केजी नुन , ३३ हजार ६ सय ८० लिटर तेल र २५ हजार ५ सय ६६ पिस साबुन राहत वितरण गरिएको छ ।

८. दैनिक ज्याला मजदुरी गरेर जीवन धान्ने परिवार र लकडाउनले मारमा परेका अति विपन्न दलित समुदायको व्यवस्थापनमा छुट्टै व्यवस्थापन गर्नुभयो ?
हामीले राहत वितरण नै अति विपन्न र दैनिक ज्यालादारी गर्ने परिवारलाई नै केन्द्रित गरेर राहत वितरण गरिरहेका छौं । स्वभाविक रुपमा सबैभन्दा विपन्न र गरिवमा दलित समुदाय भएको हिसावले यसको प्रत्यक्ष फाइदा दलित समुदायले नै प्राप्त गर्छन् । दलित समुदाय नै धेरै दैनिक ज्याला मजदुरी गर्ने हुँदा यो राहतको ठुलो हिस्सा दलित समुदायमै पुग्छ भन्ने मैले अनुभूति गरिरहेको छु ।
९.अहिले समग्रमा झापाको बारेमा बताउनु पर्दा ?
अहिलेसम्म झापामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर खुल्ला सिमानाका कारणले गर्दा जोखिम छ । भारतले दुवै भागमा घेरेको अवस्था छ । लुकिछिपी नेपाल प्रवेश गर्नेहरुलाई पूर्ण रुपमा रोक लगाउने कोशिस गरिरहेका छौं । सीमामा रोक्न सकियो भने झापामा कोरोनालाई जित्न सक्छौं भन्ने विश्वास लिएको छु ।
१०. आम नागरिकलाई के सन्देश दिन चाहानुहुन्छ ?
अहिले हामी विषम परिस्थितिमा छौं । सम्पूर्ण दाजुभाई तथा आमा दिदीबहिनीमा सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी कार्यान्वयनका लागि सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु । सडकमा १९ दिनसम्म हड्ताल गरेको इतिहास छ । मुलुक नै ठप्प पारेका थियौं । पहिले हामीले निरंकुशताको विरुद्ध आन्दोलन ग¥यौ, अहिले हामी एउटा रोगसँग लड्दैछौं । त्यस कारण आम नागरिकलाई घरभित्र बसेर लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरसका विरुद्धमा लड्न आव्हान गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank