काेराेनाबाट बहराइनमा २२ नेपालीहरु संक्रमित

दलित अनलाईन २७ चैत्र २०७६, बिहीबार ०९:५६

काठमाडौं – बहराइनमा थप १० जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली राजदूतावासले बुधबार सूचना जारी गर्दै थप १० जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । योसँगै बुधबारसम्म बहराइनमा कोरोनाबाट संक्रमण हुने नेपाली संख्या २२ पुगेको छ ।
केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ ।
बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
यसैबीच बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank