पुजारी प्रकरण : पुजारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता

दलित अनलाईन ६ मंसिर २०७६, शुक्रबार १५:५४

कपिलवस्तु – दलितको घरमा पुर्जा गर्दैनौ भनेर भागेको पुजारीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।
विहिबार पीडित परिवार र दलित अधिकारकर्मीहरु वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी दर्ता गर्न पुगेका बेला दुईपक्ष छलफल गरेर जाहेरी दर्ता गर्ने अभिव्यक्ति दिएका प्रहरीले शुक्रबार दुई पक्षीय बीचमा लामो छलफल चलाएपछि पीडितहरुको अडानमा जाहेरी दर्ता गरिएको हो । दुवैपक्षको बाक्लो उपस्थितिका बीचमा प्रहरी स्थानीय राजनीतिक दलहरुको समेत उपस्थितिमा घटनालाई मेलमिलाप गराउन निकै कसरत गरिएको थियो । तर दलित समुदायका अधिकारकर्मीहरु र पीडित परिवारले घटना मेलमिलापमा जान नसक्ने बताएपछि प्रहरीले बाध्य भएर घटनाको जाहेरी दर्ता लिएको हो ।
राजनीतिक दलहरुको दबाबका कारण घटनालाई भित्रभित्र मिलाउन लागिपरेका स्थानीय राजनीति दलहरुको दबाबमा प्रहरीले जाहेरी दर्ता गरेको थिएन् ।
गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा पुजा नगरी पुजारी भागे पछि पुजारी विरुद्ध स्थानीय दलित अधिकारकर्मी र पीडित प्रहरी कार्यालय मुद्दा दर्ता नगराउन स्थानीय राजनीतिक दलहरु लागिपरेका छन् ।
मिलनले घर पुजा, सत्यनारायण पुजा र रुद्री पुजा गर्नका लागि चार नम्बर जितपुरबाट पण्डित भिम प्रसाद पोखरेललाई बोलाएका थिए । पण्डित पोखरेल घरवेटी दलित भएको खबर पाएपछी भागेका थिए ।

के छ कानुनमा ? 
मुलुकी फौजदारी (संहिता) ऐन ०७४ को परिच्छेद १० को दफा १६६ उपदफा (१) मा कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय र शारीरिक अवस्थाप्रति भेदभाव गर्न निषेध गरिएको छ । त्यस्तै, सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछूत वा अन्य कुनै किसिमको भेद्भाव गर्न, सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न निषेध गरिएको छ । उक्त दफाको उपदफा २ मा उदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने र राष्ट्रसेवकले उक्त दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank