‘हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौं’

दलित अनलाइन भदौ ७, २०८२

काठमाडौं —  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन्।

शुत्रबार पोखराको पुरानो टुँडिखेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले आयोजना गरेको तेस्रो ऐतिहासिक टुँडिखेल तिज महोत्सवको उद्घाटन गर्दै उनले कुशाषन, सामाजिक विभेदहरुको अन्त्य गरेर सुशाषन कायम गर्ने नयाँ अभियानमा रहेको बताएका हुन्।

‘हामी अहिले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको एउटा नयाँ अभियानमा छौं हामी कुसाशनको अन्त्य गरेर सुशाषन कायम गर्ने एउटा नयाँ अभियानमा छौं,’ उनले भने, ‘हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक सम्मृद्धिको नयाँ अभियान लिएर अगाडि बढ्दै छौं।’

अध्यक्ष दाहालले सामाजिक साँस्कृतिक कार्यक्रमले सकरात्मक भाव पैदा गर्न र एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्ने समेत बताए।

‘अझै थुप्रै चुनौति र समस्यासँग हामीले जुध्नुपरेको छ। मलाई लाग्छ, यस्ता कार्यक्रमहरुले हामी सबैमा नकरात्मक भाव होइन, सकरात्मक भाव पैदा गर्न विभाजन र विकेन्द्रित मनोविज्ञान होइन,’ उनले भने, ‘एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्न नेपाल विविधतामा एकताको सुन्दर फलबारी हो भन्ने हामी सबैले महशुस गरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank