१ सय ४२ दलित परिवारले पाए सोलार

दलित अनलाईन १७ असार २०७६, मंगलवार २०:४७

अछाम– सदा दिनभन्दा निकै खुशी थिइन्,चौरपाटी गाउँपालिका– १ सिउडीकी ११ वर्षीया सिर्जना परियार । सिर्जना खुशी हुनुको कारण थियो ,अब घर उज्यालो र उज्यालोमा पढ्न पाउनु । घरमा बत्ती छैन । बत्ती नभएपछि सिर्जनालाई साँझ परेपछि लेख पढ्न गर्न पटक्कै मन लाग्दैन । सिर्जनाको टर्च लाइटको भरमा पढ्नु पर्ने दिनको आइतबारदेखि अन्त्य भएको छ । आइतबार जनता प्रावि कक्षा ३ मा पढ्ने सिर्जना विद्यालय छोडेर २ घण्टाको पैदल यात्रापछि चौरपाटी गाउँपालिका पुगिन् । त्यहाँ सिर्जना जस्तै बत्ती विहिन दलित वस्तीलाई सोलार वितरण गरिदै थियो । थाकेर मनिल देखिएकी सिर्जना सोलार हात पारेपछि फुरुङ्ग देखिन् । ‘साँझ परेपछि पढ्न मन लाग्दैनथ्यो ,अब मन लगाएर बत्ती बालेर साँझमै पढ्छु ।’
सोलार पाएपछि टर्चको भरमा पढ्नुपर्ने दिनको अन्त्य भएको सिर्जनाले बताइन् ।
सिर्जनाजस्तै गाउँपालिकामा आइपुगेका जनता प्रावि कक्षा ५ मा अध्ययनरत १५ वर्षीय रोशन परियार पनि दंग थिए । उनको पनि मन खुशी नै देखिन्थ्यो । सोलार पाएपछि रोशन भन्दै थिए, समयमै विद्यालयको होमवर्क गर्न पाइने भन्दै खुशी व्यक्त गरे । बत्तीको कारण समयमै कहिले होमवर्क बुझाउन नपाएको दुख सुनाउँदै रोशनले सुनाए । स्कूलबाट घर आएपछि साँझ कहिल्यै घरमा पढ्न पाएनन्, अब त घर पनि उज्यालो, मन पनि उज्यालो ।’


चौरपाटी गाउँपालिकाका १ सय ४२ दलित परिवारलाई (सौर्य बत्ती) सोलार सेट वितरण गरिएको छ ।
गाउँपालिकाको छरिएर रहेको बस्तीमा विद्युत सेवा विस्तार गर्न कठिनाई भएकाले ग्रामीण क्षेत्रका दलित घर परिवारका लागि सोलार सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए । गाउँपालिकाका ७ वडामध्ये ५ वटा वडामा विद्युत सञ्चालन भए पनि छरिएर रहेका घर परिवार उज्यालोबाट बञ्चित थिए ।
यस्तै, बझाङको बित्थड चीर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विपन्न गरिब परिवारलाई सोलार सेट वितरण गरेको छ । पुस्तौ देखि अँध्यारोमा बस्न बाध्य भएका विपन्न तथा दलित परिवारले निशुल्क रुपमा गाउँपालिकाबाट सोलार पाएपछि खुशी भएका छन् ।

गाउँपालिका भित्रका असहाय विपन्न परिवारमा सोलार जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहराले बताए । गाउँपालिका र बैकल्पिक उर्जा प्रबर्धन केन्द्र खुमलटार ललितपुरको साझेदारीमा गाउँपालिका भित्रका २ सय ७० घरधुरिलाई सोलार वितरण गरेको छ ।

गाउँपालिकाभित्र रहेका १ देखि ९ सम्मका प्रत्येक वडाका २८ विपन्न तथा दलित परिवारलाई सोलार सेट दिएको हो । सोलार वितरणका लागि गाउँपालिकाबाट १२ लाख रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank