भाइरल मिनिस्टर गोकर्ण विष्टको चर्चा

दलित अनलाइन मंसिर २०, २०७५

चितवनकी पूजा तामाङ एक वर्षे दूधे बालक च्यापेर साउदी अरबमा दुर्घटनामा परी घाइते भएका श्रीमानको उद्धारका लागि अनुरोध गर्न वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर पुगेकी थिइन, मंसिर ६ गते ।
विभागले छलफलका लागि मेनपावर व्यवसायी र पीडितलाई बोलाएको अवस्थामा आकस्मिक निरीक्षणमा पुगे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट पनि ।
नाबालकसहित आएको पीडितलाई सहयोग गर्नुपर्दैन ? एक महिना किन ? अलिकति भए पनि मानवीयता छैन ? मन्त्री विष्टले पीडितलाई अगाडी राखेर मेनपावरका प्रतिनिधि सँग प्रश्न राखे । मन्त्री र पीडितका अघि मेनपावर व्यवसायी नतमस्तक भए ।
तपाईहरुले कति दिनभित्र पीडितलाई नेपाल झिकाउनुहुन्छ, समय दिनुस, जतिसक्दो चाँडो उहाँलाई नेपाल ल्याउनुस् नभए तपाईहरुलाई कडा कारवाही हुन्छ ! दबेको आवाजमा मन्त्रीसामु एक महिना समय माग गरे,(मेनपावरका प्रतिनिधिले ।
मन्त्रीको यो भनाई सस्तो प्रचारका लागि थिएन् । न त मन्त्री विष्ट पीडितलाई अघि राखेर देखावटी र सस्तो प्रचारका लागि बोलेका नै थिए । उनी बोलेका थिए त ,उही एक वर्षे बालक च्यापेर श्रीमानको उद्धारका लागि गहँभरी आँसु लिइ छलफलमा बसेकी पुजाको रोदन र पीडा देखेर ।
कम बोल्ने, तर धेरै काम गर्ने अहिलेका सबैका प्रिय र चर्चा बटुलेका सबैभन्दा राम्रा मन्त्री हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट । उनको काम गर्ने शैली निकै र फरक प्रखर छन् । अन्य मन्त्री जस्तै मन्त्रालयमै बोलाएर खाजा खर्च टाभ«ल भनेर पत्रकारलाई पाँच सय हजारको खामबन्दी कहिले गर्दैनन् । त्यसकारण पनि उनी ओझेलमा पर्छन् । धेरै मन्त्रीहरुले पत्रकारलाई आफ्नो सस्तो प्रचारका लागि लेख्न लगाएका छन् र लेखिएका पनि छन् । तर सस्तो प्रचारको टिकाउ धेरै दिन हुनसक्दैन ।

२०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा सबैभन्दा राम्रो काम गर्ने उर्जामन्त्रीको रुपमा थिए, गोकर्ण विष्ट । उर्जामन्त्री बनेको समयमा राम्रो काम गरेर प्रशंसा कमाए । उनी त्यही मन्त्री हुन् जसले धेरै सिँहदबारभित्रको शक्तिशाली मन्त्रालय र विभागहरुमा विद्युत महसुल नर्तिर्नेका लाइन काटे । काम नगर्ने जलविद्युत आयोजनाहरुको लाइसेन्स खारेज गरे । यतिसम्म कि, लाइन काट्न आफै उपस्थिति भएर अभियान संचालन गरेका मन्त्रीको राम्रो चर्चा थियो उतिबेला पनि ।
जब झलनाथ खनाल नेतृत्वको सरकार विघटन भयो ,उनी सिँहदबारबाट बाहिँरिदा भाडाको ट्याक्सीमा बाहिरिएका थिए । विभिन्न आयोजनाका गाडी मन्त्रालय र विभागले तम्तयार गरे पनि उनी व्यक्तिगत इच्छा र लोभ लालचमा कहिले गदैनन् ।


अहिले सात वर्षपछि फेरी मन्त्री भएर सिँहदबार छिरेका विष्ट श्रमिकहरुको अभिभावक बनेका मात्रै छैनन् कि, मजुदर र श्रमिक हुँदै सामाजिक सुरक्षाबाट मुलुकलाई सम्बृद्धिको बाटोमा अघि बढाएका धेरै कथन छ ।  वैदेशिक रोजगारको क्षेत्रमा एकपछि अर्को छलाङ मार्दै. गएका मन्त्री विष्ट ,सामान्य मानिस सरहको जीवन निर्वाहमा समेत निकै ख्याल गर्छन् । उनी चढेको गाडीमा कहिल्यै हर्न बज्दैनन् । उनले पहिले नै अरुलाई असर पु¥याउने काम आफुहरुबाट हुन नहुने भन्दै सबैलाई साइरन र हर्न नबजाउन निषेध गरेका छन् ।
मंगलबार त्यसकै निरन्तरता  हाे । कार्यक्रमका लागि ललितपुर जाँदै थिए मन्त्री विष्ट । मंगलबार मात्रै होइन् , उनी प्राय मन्त्री भएपछि जति पनि कार्यक्रममा आउजाउ गर्छन साइरन विना र हर्न विना नै । उनी ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीको पहिलो सूचीमा पर्छन् ।
धेरै जसो मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलाई गाडी हुइँक्याउन लगाउँछन तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा रोकिएका धेरै उदाहरण  छन । मंगलबार थापाथली चोकमा रातो बत्तिको जाममा बसिरहेको समयमा मन्त्रीको गाडी देखियो । सवारी चालकहरुले मन्त्रीको गाडी लाइनमा देखेपछि कौतुहलता देखाए । त्यही बेला पत्रकार रामेश्वर बोहराको क्यामेरामा गाडी कैद गरे । क्यामेरामा फोटो कैद गरेपछि पत्रकार बोहराले गाडीभित्र हेरे, त्यहाँ श्रममन्त्री बिष्ट रहनु भएको रहेछ । उनले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल बनेको छ । धेरैले त्यसलाई रिट्वीट गरिरहेका छन् भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन । बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank