जसलाई पैसाले रोक्यो एमबीबीएस पढ्न

दलित अनलाईन १ मंसिर २०७५, शनिबार १८:०९

 

खग प्रसाद चापागाई

यहाँका एक आर्थिक बिपन्न दलित युवाले त्रिभुवन बिश्वबिद्यालयको पिटिएपी कार्यक्रम अन्तर्गत एमबीबीएस अध्ययनका लागी स्कलरसिपमा नाम निकाले पनि आर्थिक श्रोतको जोहो नहुँदा उनलाई अध्ययन अगाडि बढाउन समस्या परेको छ । बि.सं. २०७४ सालमा त्रिबिको आईओएम ईन्ट्रान्समा पाकिस्तानमा एमबीबीएस अध्ययनका लागी पिटिएपी कार्यक्रम (पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम) को स्कलरसिपमा नाम निकाल्न सफल भएका कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २३ बर्षिय अजय कुमार पासीलाई आर्थिक अभावले अध्ययनमा समस्या परेको हो ।
बार्षिक लाग्ने थप २ लाख ५० हजार बढि रकमको जोहो हुन नसक्दा उनको परिवार अहिले ईन्तु न चिन्तु भएको छ । गरिब परिवारमा जन्मिएका उनी सानै देखि कक्षामा उत्कृष्ट हुँदै आएका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले उनलाई रूपन्देहीको गैडहवा गाउँपालिका–२ जोगडामा मामाको सहयोगमा एसएलसी सम्मको अध्ययनका लागि सहयोग मिलेको थियो ।
सो पश्चात उनले फर्साटिकरमा रहेको तिलोत्तमा अंग्रेजी उच्च माध्यमिक बिद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाली दश जोड दुईको परिक्षा पास गरेका थिए । प्लस टुको अध्ययनमा समेत अब्बल रहेका पासीले मामा जितेन्द्र पासवानको सहयोग तथा आफूले फुर्सदमा ट्युसन पढाएर काठमाडौंको नेम ईन्सिच्युटमा एमबीबीएसको ईन्ट्रान्सको तयारी गरे । २०७३ मा पहिलो पटकमै दलित आरक्षण कोटामा नाम निकाले पनि सरकारले आरक्षण कोटा खारेज गरेपछि उनले पुनः दोस्रो बर्ष समेत नाम निकाल्न सफल भएका हुन् । आफ्नो अध्ययनको साढे पाँच बर्षको अबधीमा करिब ११ लाख खर्च हुने भए पनि घरको आर्थिक अवस्थाले समस्या थपेको उनले गुनासो पोखे ।

तत्कालका लागी पहिलो बर्षका लागी आवश्यक पर्ने २ लाख ५० हजारको जोहो नहुँदा झनै पिर थपिएको उनले बताए । “अध्ययनका लागी जानु पर्ने दिन आउन थालेको छ । अध्ययनका लागी आवश्यक पर्ने खर्च नहुदाँ समस्यामा परेको छु ।” उनले थपे । अध्ययनका लागी सहयोग खोज्न बिभिन्न निकायमा पुगे पनि कुनै पनि संस्थागत निकायबाट सहयोग नपाएको उनको गुनासो छ । “गरिबीका कारण पाएको अवसर पनि गुमाउने अवस्थामा छु । कसैले सहयोग गरे अध्ययन पुरा गरेर गरिब बालबालिकाको सहयोगका लागी भुमिका खेल्नु पर्छ भन्ने अनुभुती भएको छ ।” उनले भावुक हुदै भने । यता अजय सहित पाँच सन्तानलाई ज्याला मजदुरी गरेर पाल्दै आएका उनका बाबु धनश्यामले छोराको अध्ययनका लागी सहयोगी खोजी गरि दिन आग्रह गरे । “अजय पछिका अरू छोराहरू पनि पढाईमा कक्षा प्रथम हुन्छन ।

अब अरू छोरालाई पनि कसरी पढाउने होला भनेर चिन्ता लाग्न थालेको छ ।” धनश्यामले भने । “सरकारले गरिबलाई हेर्ने भनेको छ । छोरा पढाईमा राम्रो भए पनि हामी सँग पैसा नहुदाँ उनलाई पढन पठाउन नपाउदाँ मनन खिन्न भएको छ । ” आमा कृष्णकलाले रुदै भनिन । राज्यको शिक्षा नितीले अजय जस्ता जेहेन्दारलाई समेटन नसकेको मानब अधिकारका क्षेत्रमा क्रियाशिल शैलेन्द्र अम्बेडकरले बताए । “उनको शिक्षाका लागी जसो तसो ६० हजार रूपैया सहयोग त उठाएका छौ । तर कुनै पनि संस्थागत निकायले उनको एमबिबीएसको शिक्षाका लागी सहयोग गर्न तयार भएको छैन । यो अवस्थाले गरिबका छोरा छोरी कसरी पढन सक्लान ? ” उनले भने । जेहेन्दार बिद्यार्थी अजयको शिक्षाका लागी आफुहरूले वडा कार्यालयबाट केहि आर्थिक सहयोग गर्ने योजना रहे पनि थारै सहयोगले उनको शिक्षा आर्जनलाई सहयोग नपुग्ने भएकाले सञ्चार माध्यमले सहयोगी हात खोजेर सहयोग गरिदिन कपिलवस्तु नगरपालिका १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank