हिंसाकाे मारमा दलित महिला

दलित अनलाईन १७ आश्विन २०७५, बुधबार २०:४६

बुटवल-नेपालमा दलित समुदायका महिलाहरु हिंसाको उच्च मारमा रहेको सरोकारवालाहरुले बताएका छन । महिलालाई सवैधानिक रुपमा मात्रै राज्यको निकायमा सहभागि गराइएपनि अधिकार तहमा भने अझै पनि बन्देज लगाइएको उनीहरुको गुनासो छ ।
दलित महिला संघले बुधबार बुटवलमा आयोजना गरेको दलित महिलाहरुको प्रादेशिक मुद्धाहरु र समाधानका उपाय बिषयक छलफलमा सहभागीहरुले दलित महिला सबैभन्दा बढि पिँधमा रहेको बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले दलित समुदाय नेपालको पहिलो प्राविधिक भएको बताए । उनले अहिले पनि छुवाछुत तथा भेदभाव गरेर गैरदलितले लज्जास्पद काम गरिरहेको बताए ।


‘आजको युगमा पनि छोईछोटो गर्दा आफैलाई लाज मान्नुपर्ने हो, यस्ता भेदभाव गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ’ उनले भने । उनले संविधानले दलित समुदायका लागि एक पटक जग्गा उपलब्ध गराउने निति लिएकाले यस्ले धेरै हदमा दलित र महिलाको समस्या हल गर्ने बताए । प्रदेश सरकारले छुवाछुत विरुद्ध साँस्कृतिक रुपान्तरणको अभियान थाल्ने समेत बताए ।
कार्यक्रममा प्रदेश ५ का सांसद कमलादेवि विश्वकर्माले पिछडिएको समुदयाले मेरो राज्य भन्ने वातावरण अझै बन्न नसकेको बताइन । अर्का प्रदेश सांसद दीपा विश्वकर्माले दलित समुदायभित्र महिलाहरु साह्रै पिँधमा रहेकाले सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्ने बताइन । सांसद रिना नेपाल विश्वकर्माले दलितले अहिले पनि खुलेर पेशा व्यवसाय गर्न सक्ने अवस्थ नरहेको बताइन ।


कार्यक्रममा दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोवले दलित महिलाहरु हरेक ठाउँमा हिंसामा पर्ने गरेकाले सरकारले न्यायमा पनि विभेदकारी निति लिएको आरोप लगाईन । उनले दलित महिलाई राज्यको मूल प्रवाहमा नल्याउदासम्म समस्या समाधान नहुने बताईन । कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्य, नेपाली काँग्रेसका नेता खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नेता झमबहादुर गुरुङ्ग, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख पवन भट्ट लगायतले बोलेका थिए । कार्यक्रम दलित महिला संघका अध्यक्ष कला स्वर्णकारको अध्यक्षता, केन्द्रीय सचिव मञ्जु सुनारको स्वागत एंव रेणु सिंजापतीको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank