तनहुँमा दलितहरु संगठित बन्दै

दलित अनलाईन ७ आश्विन २०७५, आईतवार १५:५२

अशोक विश्वकर्मा

तनहुँ-तनहुँमा दलित समुदायमाथि हुने गरेको विभेदलाई अन्त्य गर्नु उदेश्य सहित यहाँका दलितहरु संगठित बन्न थालेको छन् । स्थानिय तहको निर्वाचन मार्फत दलित जनप्रतिनिधिहरु निर्वाचित भएता पनि दलित समुदायको अपेक्षानुसार परिवर्तनको प्रयास नभएको भन्दै जिल्लाको भिमाद नगरपालिकामा दलितहरुको नगर स्तरिय समिति बन्ने भएको छ ।
शनिवार नगरपालिका परिसरमा दलित समुदायका नगर कार्यपालिका सदस्यहरु सहित बसेको भेलाले नगर दलित उत्थान समिती भिमाद नगरपालिका निर्माण गर्ने निर्णय गरेको छ ।
शहर देखी ग्रमिण क्षेत्रमा दलित समुदायमा हुने बिभेदमा न्यूनिकरण नभई विभेद बढ्न थालेको निष्कर्ष सहित सालिकराम सुनारको संयोजकत्वमा नगरका सवै वडमा रहेको दलित समुदायका सदस्यहरुलाई समेट्ने गरि समिति बन्ने भएको हो । शनिबार सुनारको संयोजकत्वमा गठन गरिएको तदर्थ समितिमा कोपिला नेपाली, सन्दिप परियार, अशोक विश्वकर्मा, सुशिल नेपाली, मैनादेवी परियार, विर बहादुर विश्वकर्मा, ओम बहादुर नेपाली, शिव परियार, चुक्र बहादुर विक, देउ बहादुर सार्की, सुकमाया परियार र रेज बहादुर गोतामे सदस्य रहेका छन् ।


यता जिल्लाकै शुक्लागण्डकी नगरपालिकामा समेत कार्यपालिका सदस्य भरत लामगादे विकको संयोजकत्वमा उपेक्षित, उत्पिडित, तथा दलित बर्ग उत्थान समिति गरि दलित समुदायको पक्षमा विभिन्न कार्यक्रमहरु हुदै आएका छन् । समितिले शुक्लागण्डकी नगरपालिका भित्र रहेको दलितहरुलाई विभेद अन्त्यको लागि सचेतना कार्यक्रम, सिप विकास तथा परम्परागत पेश संरक्षण कार्यक्रम, सहयोग सामाग्री प्रदान लगायका काम गर्दै आएको छ ।
यस्तै जिल्लाको भानु नगरपालिका र आवुँखैरेनी गाउँपालिकामा समेत दलित विकास समिति गठन भई सकेको छ भने अन्य स्थानिय तहहरुमा समेत समिति गठन प्रक्रियामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank