प्रधानमन्त्रीकाे कारण नेपालकाे भूमि गुम्ने डर भइसक्याे– हर्क साम्पाङ

दलित अनलाइन जेष्ठ २७, २०८३

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले आफ्नो भूमि गुमाउनुपर्ने अवस्था आएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहल दिएको अभिव्यक्तिको कारण नेपालले आफ्नै भूमि गुमाउनुपर्ने अवस्था आएको बताएका हुन्।

प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेछ’ भनेर दिएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत भएको सुनाउँदै उनले भने, ‘हामीले आफ्नो भूमि जोगाउनुपर्ने हो तर प्रधानमन्त्रीको अभिव्यक्तिले त आफ्नै भूमि गुम्ला भन्ने डर भइसक्यो।’

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपालीहरूको शिर निहुँरिएको साम्पाङको गुनासो छ।

Global IME bank

‘प्रधानमन्त्रीले आफ्नो गल्ती सच्याउर्नेपर्छ। हामीले हाम्रो सीमा क्षेत्रको पनि रक्षा गनुपर्छ। सेनालाई सधैं ब्यारेकमा मात्र राख्नु हुँदैन। सीमा क्षेत्रमा खटाउनुपर्छ’, उनी भन्छन्, ‘सरकारले आफ्नो सीमाको सुरक्षाबारे चासो लिएको छैन। तर हामीले के बुझ्नुपर्छ भने भूगोलबिनाको देश सम्भव छैन।’

त्योसँगै उनले आफूलाई नियम र उपनियमबारे अध्ययन गरिरहने मान्छे भएको पनि बताए। ‘मैले सधैं नियम र उपनियमबारे अध्ययन गरिरहेको हुन्छु। त्यसैले मलाई यसबारे कसैले सिकाउनुपर्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank