काठमाडौं — नेकपा (एमाले)मा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने प्रस्ताव गरेका हुन्। कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पालाई सदस्यमा प्रस्ताव गरिएको छ।
एमाले सचिवालयको बैठक शुक्रबार बस्दै छ। त्यही बैठकबाट निर्णय गर्ने तयारी भएको जनाएको छ।



























Leave a Reply