काठमाडौं — संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मंगलबार बसेको समितिको बैठकले शर्माको सुनुवाइ प्रक्रिया सकिएलगत्तै उनलाई सो पदका लागि उपयुक्त ठहर्याउँदै नाम स्वीकृत गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको औपचारिक जानकारी दिए।
_U1ooH7l8BT.gif)
सुनुवाइका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ र उनले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल गरेपछि समिति यो निर्णयमा पुगेको हो। मंगलबार नै भएको सुनुवाइ प्रक्रियामा शर्माले सांसदहरूका जिज्ञासा र उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि स्पष्टीकरण दिएका थिए।


























Leave a Reply