यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

दलित अनलाइन बैशाख ३०, २०८३

काठमाडौं —  आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चारवटा मुख्य निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

Shivam Cement

यसैगरी बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ।  प्रधानमन्त्री कार्यालयका अनुसार आजको मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank