काठमाडौँ — रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार कार्य अझै जारी रहेको छ। प्रहरीका अनुसार एकजना पुरुषको मात्रै जीवितै उद्धार गरिएको छ। घाइते अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाने यात्रु बोकेर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


























Leave a Reply