टाइम म्यागजिनकाे विश्वका १०० प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह

दलित अनलाइन बैशाख ३, २०८३

काठमाडौँ —  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन परेका हुन्।

टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ। नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गरेको छ।

NMB

प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको  १४ औं नम्बरमा छन्।

उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्।

पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौंमा प्रधानमन्त्री बालेन शाह छन्।

टाइमले बालेनलाई हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रूपमा चित्रण गरेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको आन्दोलनले उनलाई सत्तामा पुर्‍याएको भनेर पनि उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank