पद बहालीपछि सभामुख अर्यालले भने– अहिलेको बलियो प्रतिपक्ष भनेको जनता नै हुन्

दलित अनलाइन चैत्र २२, २०८२

काठमाडौँ — नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल   ले पदवहाली गरेका छन्। आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन्।

पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए।

Laxmi sunrise bank

प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे। ‘यसपालीको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ। २०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो। विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो । अहिलेको संसद म्यान्डेटबाट आएको हो,’ उनले भने, ‘म सभामुखको हैसियतमा बस्दैगर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ । प्रतिपक्षमा एकजना मात्र किन नहोस् प्रतिपक्ष नै हो । उहाँहरु बलियो नै हुनेछन् । सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु।’

उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए। प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ।

‘सरकारले नीति नियमहरु राम्रो बनाउँछ । प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो। त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं । प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरुको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank