प्रतिनिधि सभा बैठक : सभामुखमा अर्याल निर्वाचित भएको घोषणा हुने

दलित अनलाइन चैत्र २२, २०८२

काठमाडौँ —  प्रतिनिधिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। सिंहदरबारको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा सभामुख पदमा ‘सांसद डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

Laxmi sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याल सभामुख पदमा शुक्रबार निर्विरोध निर्वाचित भइसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेका छन्।

सभामुख निर्वाचित भएपछि सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने छन्। योसँगै रास्वपाका उपसभापति अर्यालले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank