इनिशा विकको भेरी किनारमा आज दाहसंस्कार गरिदैँ

दलित अनलाइन चैत्र १९, २०८२

काठमाडौँ — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार (आज ) दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ।

गत २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिशा  वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आइतबार चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गराएको थियो ।

कानुनी प्रक्रिया पूरा भएपछि २७ दिनपछि मात्रै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank