इनिशा विक हत्या प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष

दलित अनलाइन चैत्र ११, २०८२

काठमाडौँ —  बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान टुंग्याएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जनाएको छ ।  प्रहरीले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।

गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विद्यालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका रुपमा घटनास्थलबाटै पक्राउ परेकासँगै अध्यनरत एक जना किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको छ ।

Nic asia bank

मृतकको डिएनए रिपोर्ट, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी सम्बन्धी रिपोर्ट आइ नपुग्दै प्रहरीले इनिशा सम्बन्धि आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

एसपी शाहीका अनुसार उल्लेखित केही अनुसन्धानहरु नेपालमा गर्न सम्भव नभएकाले हुँदा नमूना विदेशमा पठाइएको र रिपोर्ट आउन बाँकी छ। ‘त्यो रिपोर्ट प्राप्त भएमा इनिशाको मृत्युको कारण स्पष्ट रुपमा भन्न सहज हुने छ,’ उनले भने।

त्यो परीक्षणले शरीरमा कुनै विषालु पदार्थ वा औषधि प्रयोग भए नभएको स्पष्ट भन्न सहज हुन्छ। यसअघि पोष्टमर्टम रिपोर्टले  बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण इनिशाको मृत्यु हुन पुगेको उल्लेख गरेको थियो ।

घटना अनुसन्धान सिआइबीका साथै जिल्ला प्रहरीले छुट्टा छुट्टै गरी प्रतिवेदन तयार पारेका थिए। इनिशाको परिवारले भने प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि अझै चित्त बुझाएका छैनन्। उनीहरुले शव बुझ्न मानेका छैनन्। त्यसैले १९ दिनदेखि इनिशाको शव सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank