गगन थापालक्षित सुधनको प्रश्नः संसदमा बिनाप्रमाण ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ ?

दलित अनलाइन चैत्र ३, २०८२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद सुधन गुरुङले गगन थापातर्फ लक्षित गर्दै संसदमा कुनै पनि सांसदले बिना ‘प्रमाण छ’ भनेर बोल्न पाइने कि नपाइने? भन्दै प्रश्न गरेका छन्।

रास्वपाले सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिन आएका विज्ञलाई उनले प्रश्न सोधेका हुन्।

प्रतिनिधिसभाका पूर्वसचिव सुरेश अधिकारीले संसदीय मूल्यमान्यताका विषयमा प्रशिक्षण दिने क्रममा क्लास गुरुङले प्रश्न गरे, ‘संसदभित्र कुनै पनि सांसदले बिना प्रमाण आफूसित ‘प्रमाण छ’ भनेर बोल्न पाइन्छ?’

जवाफमा पूर्वसचिव अधिकारीले संसदमा बिनाप्रमाण प्रमाण छ भनेर झूटो बोल्न नपाइने प्रष्ट पार्दै यस्तो कार्यले संसदीय गरिमामा आँच आउने बताए।

Nic asia bank

सुधन गुरुङले तत्कालीन कांग्रेस सांसद गगन थापाले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट पैसा निकालेको प्रमाण आफूसित रहेको दाबी गर्दै  संसदमा हंगामा गरेको विषयतर्फ लक्षित गर्दै प्रश्न सोधेका थिए।

सुधनकै प्रश्नमा रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले पनि आफूहरूले गगन थापाको अभिव्यक्तिलाई लिएर बारम्बार संसदमा आपत्ति जनाएको बताएका थिए।

‘हामीले बारम्बार यो कुरा संसदमा बारम्बार उठायौं, तर सभामुख उहाँहरूकै पक्षमा हुनुहुन्थ्यो। नभएको प्रमाण छ भन्नेलाई कुनै कारबाही भएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank