उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ

दलित अनलाइन माघ २७, २०८२

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन्।

सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी भएको भन्दै उनेपालाई नेपालको नयाँ विकल्पको रुपमा स्थापित गर्ने बताए।

Nic asia bank

‘जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ,’ उनले भने।उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए।

कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको माग अनुसार भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमती भएको पनि उनको भनाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank