जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टी एक्लैले ल्यायो दु‍ई तिहाई सिट

दलित अनलाइन माघ २६, २०८२

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

Nic asia bank

यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ। तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ।

योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ। जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो। १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेले जितेको ३०० सिटको अघिल्लो रेकर्डलाई अहिले ताकाइचीले तोडेकी हुन्।

japan-election-1770599643.jpg
विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ। विपक्षी सेन्टर रिफर्म कोलिसन ४९ सिटमात्रै प्राप्त गरेको छ। जबकी अघिल्लो निर्वाचनमा उसको १७२ सिट थियो। एलडिपी गठबन्धन सहित अन्य दलले ११३ सिट जितेको छ। ताकाइचीले जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्रैमा निर्वाचन गर्ने घोषणा गरेकी थिइन्।  उनका मुख्य एजेण्डा संविधान संशोधन, बलियो सेना, खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत कर हटाउने लगायतका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank