केन्द्रीय कमिटीमा कुलमानको गुनासोः सुदन गुरुङले बर्बाद बनायो

दलित अनलाइन पुस २६, २०८२

काठमाडौँ —  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकता टुटेपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन्।

बैठकमा उनले हामी नेपालका अध्यक्ष सुदन गुरुङले उज्यालो नेपाल पार्टीलाई बर्बाद पारेको गुनासो गरेको बैठकमा सहभागी एक नेताले बताए। ‘पार्टीको बैठकबाट हात तानेर लिएर गयो। जबरजस्ती सहमति गर्न लगायो। बर्बादै बनायो नि, हेर्नुस् त अहिले ठूलो धोका खाइयो नि,’ कुलमानको भनाइ उद्यृत गर्दै ती नेताले भने।

Nic asia bank

बैठकमा ब्रिफिङ गर्दै कुलमानले रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन साहलाई पनि धोका दिने दाबी गरेका छन्। उनले सर्वस्‍व त्यारेर रास्वपामा समाहित हुन नसकिने भन्दै एकता भाँडिएपनि नेताहरूलाई उच्च मनोबलका साथ संगठन विस्तार र चुनावको तयारीमा लाग्न निर्देशन गरेका छन्।

राजनीतिक गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा कुलमानले पदबाट राजीनामा दिएका थिए। यता रास्वपासँगको एकता पनि भंग भएपछि उनेपाले कुलमानलाई संरक्षकबाट अध्यक्षमा नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank