कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित

दलित अनलाइन पुस १८, २०८२

काठमाडौँ —  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाखको अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।

Nic asia bank

कांग्रेस नेता डा.शशांक कोइरालाले काबा सभापति खड्काको प्रश्ताव पारित भएको जानकारी संचारकर्मीलाई दिएका छन्।  यही पुस २६–२८ सम्म १५औं महाधिवेशन गर्ने तालिका रहे पनि संभव नभएपछि कार्यसम्पादन समितिको बैठकले अर्को प्रश्ताव ल्याएको हो।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank