रास्वपा शीर्ष नेताहरूको निष्कर्षः विपिनको नियत नै खराब, तालाचाबी सुम्पिनु रविको भुल

दलित अनलाइन पुस १६, २०८२

काठमाडौँ — समानुपातिक उम्मेदवार छनोटमा ठूलो ‘ब्लन्डर’ भएपछि रास्वपाभित्र बबन्डर मच्चिएको छ।

प्राइमरी इलेक्सनमा लोकप्रिय मत ल्याएका उम्मेदवारहरूलाई पछि पारेर पार्टी कब्जामा लिएका नेताहरूले समानुपातिक सूची नै कब्जा गरेपछि रास्वपा नेताहरूले असन्तुष्टि पोखेका छन्।

सहमहामन्त्री विपिन अर्याल र अर्की नेतृ प्रतिभा रावलले आफूलाई पहिलो नम्बरमा पार्न लोकप्रियताको नामा जालझेल गरेपछि नेताहरूले विपिनको नियतमाथि नै प्रश्न उठाएका छन्।

प्राइमरी इलेक्सनमा खस–आर्यतर्फ सबैभन्दा धेरै मत ल्याएका रमेश प्रसाईंलाई समानुपातिक सूचीको पाँचौँ नम्बरमा पुर्‍याएर तेस्रो लोकप्रिय मत पाएका विपिनले आफूलाई पहिलो नम्बरमा राखेका छन्।

Nic asia bank

त्यसैगरी, खस–आर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शनालाई दशौँ नम्बरमा राखिएको छैठौं नम्बर लोकप्रिय मत पाएकी प्रतिभा रावललाई उनै विपिनले पहिलो नम्बरमा ल्याएका छन्।

लोकप्रिय मत पाउँदापाउँदै पछाडि धकेलिएका प्रसाईं र दर्शनाको भने समानुपातिक सांसद बन्ने सम्भावना नै न्युन देखिएको छ।

विपिन आचार्य र प्रतिभा रावल सभापति रवि लामिछाने निकट मानिन्छन्। यतिसम्म कि रविले विपिनलाई उम्मेदवार छनोट समितिको संयोजक नै बनाएका थिए। तर, अन्तिममा सबैलाई चकित बनाउँदै संयोजकबाट राजीनामा दिएर आफैं उम्मेदवार बनेर मैदानमा निस्किए। र आफूलाई एक नम्बरमै राखेर सांसदको सिट सुरक्षित पारे।

विपिनले म्याच फिक्सिङ गरेको भन्दै रास्वपामा उनीमाथि कारबाहीको माग बढेको छ। शीर्ष नेताहरूले विपिनको नियत नै खराब देखिएको निष्कर्ष निकाल्दै उनलाई विश्वास गर्नु सभापति लामिछानेको ठूलो भुल भएको निष्कर्ष निकालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank