लगातार पाँचौं जितसँगै सुदूरपश्चिम प्लेअफमा, डिफेन्डिङ च्याम्पियन जनकपुर अझै जितबिहीन

दलित अनलाइन मंसिर १४, २०८२

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म निरन्तरता दिएको छ। योसँगै ऊ प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

अब बाँकी दुई खेलमा पराजित भएपछि सुदूरपश्चिम प्लेअफबाट बाहिरिने छैन। उसले प्लेअफको पनि क्वालिफार खेल्ने लगभग पक्का जस्तै छ। यता, लागतार पाँच जित सहित सुदूरपश्चिम प्लेअफमा पुग्दा डिफेन्डिङ च्याम्पियन जनकपुर चौथो खेलसम्म जितबिहीन छ।

एनपिएलमा लगातार पाँचौं जित निकाल्ने क्रममा सुदूरपश्चिमले गत सिजनको फाइनलको बदला लिँदै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले हरायो।

Shivam Cement

जनकपुरले दिएको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि इशान पाण्डेले अर्धशतक बनाए। उनले ३५ बलमा ८ चौका र १ छक्का मद्दतमा ५६ रन बनाए।

यस्तै, विनोद भण्डारीले ४९ बलमा ४२ रन बनाए। १ रनमै २ विकेट गुमाएको अवस्थाबाट इशान र विनोदले तेस्रो विकेटका लागि ९२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। हर्मित सिंहले २५ र दीपेन्द्रसिंह ऐरीले १० रन बनाए।

बलिङमा सुदूरपश्चिमका माज सदाकतले २ तथा आदित्य महता र सञ्जय कृष्णमूर्तिले समान २ विकेट लिए। त्यसअघि खेलमा पहिला ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतक मद्दतमा  निर्धारित ओभारमा ८ विकेट गुमाउँदै १४५ रन बनायो।

जनकपुरका लागि कृष्णामूर्तिले अर्धशतक बनाए। उनले ३८ बलमा ४ चौका र  २ छक्का मद्दतमा ५० रन बनाए। यस्तै, जान निकोल लोफ्टी इटोनले ३३ बलमा ३९ रन बनाउँदा आदित्य महताले १५, कप्तान वायन पार्नेलले १४ र माज सदाकतले १२ रन बनाए।

बलिङमा सुदूरपश्चिका अविनाश बोहराले ४ तथा स्कट कुगुलेइनले ३ विकेट लिए।  यो खेलमा जनकपुरको कप्तानी दक्षिण अफ्रिकी अलराउन्डर वायन पार्नेलले गरेका थिए। उनी एनपिएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank