सिमरामा जेन–जीको प्रदर्शन स्थगित, शुक्रबार वार्ता हुने

दलित अनलाइन मंसिर ४, २०८२

काठमाडौँ — बाराको सिमरामा जेन–जी युवाले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन तथा वार्तामा बस्ने सहमतिपछि आन्दोलन रोकिएको जेन–जीका सम्राट भनिने साइकुल उपाध्यायले बताए।

उपाध्यायका अनुसार शुक्रबार प्रहरी प्रशासन र जेन–जी प्रतिनिधिबीच औपचारिक वार्ता हुनेछ। आफूमाथि भएको कुटपिटका दोषीलाई कारबाही गर्न माग राख्दै जेन–जीले बिहीबार दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका थिए। यस क्रममा झडप हुँदा ६ प्रहरी र चार युवा घाइते भएका छन्।

प्रदर्शन स्थगित भएसँगै बिहान ११ बजेदेखि अवरुद्ध सिमरा क्षेत्रमा यातायात पुनः सुचारु भएको छ। यातायात सञ्चालनमा आएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank