मधेसका सभामुख रामचन्द्र मण्डल पदमुक्त

दलित अनलाइन मंसिर ३, २०८२

काठमाडौँ — मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले पदीय मर्यादाविपरित आचरण गरेको आरोपमा मण्डललाई पदमुक्त गरेको हो।

पद अनुकुलको आचरण नगरेको प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले अनुमोदन गरेपछि उनी पदमुक्त भएका हुन्। गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका थिए।

महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो। आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो।

उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन्। प्रदेश सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank