दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

दलित अनलाइन मंसिर ३, २०८२

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको बताइएको छ । निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् ।

शीर्ष नेताहरूसँग भने प्रधानमन्त्री कार्कीले छलफल गरेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank