मधेशको प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड

दलित अनलाइन कार्तिक २४, २०८२

जनकपुरधाम — मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो।

सांसदहरूकै एक समूहले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन। तोडफोड गरिरहेका सासंदहरुलाई लोसपामा सासद उपेन्द्र महतोले सरकारी सम्पतिमा क्षति नपुर्‍याउन आग्रह गर्दै तोडफोड हुनबाट रोकेको थियो।

संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त गरेको विरोधमा तोडफोड भएको हो।

Shivam Cement

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराएको विरोधमा बिहानैदेखि मधेश भवन तनावग्रस्त छ।

पदभार ग्रहण गर्न मुख्यमन्त्री सरोज कुमार यादव आउने सूचनापछि अन्य दलहरूले रोक्ने प्रयासमा, प्रवेशद्वारमा सांसद तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank