काठमाडाैं — रुकुम पश्चिमको बाँफिकोटमा भएको एउटा जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।
शुक्रबार साँझपख सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेको जीप सडकबाट खसेको थियो। उक्त दुर्घटनामा सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये उपचारका क्रममा अर्का एकजनाको पनि मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा आठविसकोट नगरपालिका–२ की कमला वली, टेकजङ्ग बुढा, दिलमाया बुढा, शर्मिला विक, गोपाल वली, कल्पना नेपाल र सविता विकको मृत्यु भएको छ। घाइते दश जनामध्ये एकजनालाई नेपालगन्ज रेफर गरिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
साँघुरो बाटो र क्षमताभन्दा धेरै यात्रु राखेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।


























Leave a Reply