हामी नेपाल र जेन–जीलाई फरक बनाउने सोच्दैछौँः सुदन गुरुङ

दलित अनलाइन अशोज १७, २०८२

काठमाडौँ —  हामी नेपालका संस्थापक सुदन गुरुङले हामी नेपाल र जेन–जीलाई पूर्ण रूपमा फरक बनाउनेबारे सोचिरहेको बताएका छन् बिहीबार फेसबुकमा भिडिओ वक्तव्य जारी गर्दै सुदनले यस्तो बताएका हुन्।

‘अब देखि हामीले के सोचिराख्या छौं भने जेन–जी र हामी नेपाल पूर्ण रुपमा फरक बनाउने भन्ने हाम्रो सोचाइ छ,’ सुदनले भने।  हामी नेपाल एउटा संस्था नभएको बताउँदै उनले यसबाट बेलाबेला धेरै राम्रा काम गरेको दाबी गरे।

‘समाजको बेथिति, विसंगती, भ्रष्टाचारबारे अहिले मात्र होइन, पहिलादेखि उठाएको कुरा हो,’ सुदनले भने,‘जेन–जीसँग हामी नेपाललाई छुट्टाएर अब हामी सामाजिक काम मात्रै गर्नेगरी अगाडि बढाउँछौं भन्ने सोचाइ छ।’

सुदन तिनै व्यक्ति हुन जसले जेन–जी आन्दोलनको नेता भएको दाबी गर्दै आएका छन्। तर कतिपय जेन–जी अभियन्ताले भने उनले आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank