जेन-जीको माग र नीति बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइयो : प्रचण्ड

दलित अनलाइन अशोज ३, २०८२

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए।

जेनजीले अहिले उठाएको माग माओवादीले दुई वर्षअघिदेखि नै उठाएको उनको भनाइ थियो। प्रचण्डले आफू अहिलेको संविधान अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको भन्दै ठूला दलका अहंकारका कारण अहिले यो अवस्था आएको बताए। उनले भने, ‘आफूले भनेजसरी संविधान बनाउन सकेको भए सायद अहिले जेनजीले आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने थिएन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank