गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

दलित अनलाईन २० भाद्र २०७५, बुधबार २०:५५

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकोे नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय र न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते ३ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank