छानबिन समितिको निष्कर्ष : बिमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव पुग्दैन

दलित अनलाइन भदौ १, २०८२

काठमाडौं —  बिमा प्राधिकरणको अध्यक्ष बन्न हाल निलम्बित शरद ओझाको अनुभव नपुग्ने निष्कर्ष छानबिन समितिले निकालेको छ। मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव नपुग्ने निष्कर्षसहितको छानबिन प्रतिवेदन सरकारलाई बुझाएको हाे।

गत ३० असारमा मन्त्रिपरिषद्को बैठकले ओझाउपर छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बिमा समितिमा पूर्वबोर्ड सदस्य कपिलदेव ओली सदस्य रहेको समितिले छानबिन टुंग्याएर सरकारलाई प्रतिवेदन बुझाएको हो। गत ३० साउनमा समितिले प्रतिवेदन बुझाएको हो।

छानबिन समितिका एक अधिकारीका अनुसार अध्ययनबाट ओझाको अनुभव नपुग्ने देखिएको छ। ‘समितिले छानबिन गर्दा बिमा प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव नपुगेको देखियो,’ ती अधिकारीले भने, ‘प्राधिकरणको अध्यक्ष बन्न ओझाको अनुभव नपुग्ने निष्कर्षसहितको प्रतिवेदन बुझाइएको छ।’

छानबिन समितिको प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको हाे। समितिको प्रतिवेदनपछि अर्थ मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको छ। यसपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद् पठाउनेछ। छानबिन समितिबाटसमेत कैफियत देखिएपछि ओझाको पद धरापमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank