ब्रिटेनको भने यस्तो शर्त
काठमाडौं — फ्रान्सपछि अब क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ। प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिने योजना बनाएको बताएका हुन्।
योसँगै यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी–७ राष्ट्र बनेको छ। यसअघि फ्रान्सले यस्तो घोषणा गरिसकेको छ।
कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन् ।
इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई अस्वीकार गर्दै यसलाई हमासलाई पुरस्कार दिएजस्तो भएको बताएको छ।
अहिलेसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन्।
कर्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताएका छन्।
क्यानडा लामो समयदेखि वार्ताबाट शान्ति प्रक्रियाको हिस्साको रूपमा दुई–राज्य समाधानप्रति प्रतिबद्ध रहेको कार्नीले बताएका छन्। क्यानडाका कन्जरभेटिभहरूले भने कर्नीको घोषणाको आलोचना गरेका छन्।
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनका लागि ब्रिटेनले भने केही शर्तहरू अघि सारेको छ। उसले केही दिनमा गाजामा युद्ध बिराम गर्न इजरायल तयार नभए ब्रिटेनले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ।
_gvisrZNAeA.gif)
गत सातामात्रै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा अरु पनि युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएका थिए।
इजरायललगायत केही पश्चिमा राष्ट्रहरूले भनेका प्यालेस्टाइनका पक्षमा आएका यस्ता घोषणाहरूको आलोचान गरेका छन्। र युरोपेली राष्ट्रहरूले हमासको आतंकवादी चरित्रलाई बढवा दिएको आरोप लगाएका छन्।
संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्र मध्ये लगभग १४० देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएङ्का थिए।


























Leave a Reply