लोकसेवाको विज्ञापनविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन(फोटो फिचर)

दलित अनलाईन २८ श्रावण २०७६, मंगलवार १९:४३

काठमाडौं– संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन जारी गरेपछि सुरु आरक्षण बचाऔं आन्दोलनले मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार प्रर्दशन गरेको छ ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै आरक्षण बचाऔं आन्दोलनले दुई महिनादेखि विरोध प्रर्दशनमा उत्रिएको हो ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी समेत गरेका थिए । शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाउन प्रहरीले लाठ्ठीचार्ज गर्दा खगेन्द्र माखिन, सागर मगर, लक्ष्मी थापा लगायतका आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank