समाजवादी मोर्चाको निष्कर्ष : देश अप्ठेरोमा छ, सरकारमाथि दबाब आवश्यक

दलित अनलाइन साउन १३, २०८२

काठमाडौं —  समाजवादी मोर्चा नेपालमा आबद्ध दलका शीर्ष नेताहरूले मोर्चाको औचित्यमाथि उठेका प्रश्नहरूलाई चिर्दै झन् सक्रिय र प्रभावकारी ढंगले अघि बढ्ने घोषणा गरेका छन्। मंगलबार बसेको बैठकले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध छिट्टै ठूलो सडक प्रदर्शन गर्ने निर्णय गरेको छ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकपछि नेताहरूले मोर्चालाई थप सुदृढ बनाउने र साझा उद्देश्यका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकबाट बाहिरिने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अब देख्नुहुन्छ, यो (मोर्चा) अझ औचित्यपूर्ण भएर, सक्रिय भएर अगाडि आउँछ।’

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले बैठकमा मोर्चाका विगतका कामहरूको समीक्षा भएको र अब सशक्त रूपमा प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।

‘अहिलेसम्म गरेका कामहरूको समीक्षा गर्ने र सकेसम्म छिट्टै एउटै ठूलो प्रदर्शन गर्ने भनेर भनिएको छ,’ गौतमले सुनाए। प्रदर्शन के-का विरुद्ध हो भन्ने प्रश्नमा उनले स्पष्ट पारे, ‘भ्रष्टाचारको विरुद्ध, बेथितिको विरुद्ध र देशलाई बर्बाद गरेको तर्फ गइरहेको यो सरकारको विरुद्ध।’

Shivam Cement

नेता खड्गबहादुर विश्वकर्माले मोर्चाको भूमिकाबारे गम्भीर समीक्षा भएको स्वीकारए। ‘अहिलेसम्म समाजवादी मोर्चाको जे पोजिसन छ, त्यति मात्रै पर्याप्त भएन भनेर समीक्षा भएको हो,’ उनले भने, ‘’यसलाई सुदृढ र विकास नगर्ने हो भने यसको अर्थ रहँदैन।’

उनले नेपालका सबै कम्युनिष्ट, क्रान्तिकारी र देशभक्त शक्तिहरूले देशको संकट समाधानका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले मोर्चा समान विचार, उद्देश्य र लक्ष्यका आधारमा बनेको बताउँदै यसलाई कसैको व्यक्तिगत स्वार्थले असर नगर्ने स्पष्ट पारे।

‘यो मोर्चा कुनै व्यक्तिको इन्ट्रेस्ट वा चासोको आधारमा बनेको होइन,’ उनले भने ‘त्यसैले यसमा कुनै सत्यता छैन। मोर्चालाई क्रियाशील र प्रभावकारी बनाउने निष्कर्ष बैठकले निकालेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank