राप्रपाले भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रुपमा सञ्चालन गर्ने

दलित अनलाइन असार १९, २०८२

काठमाडौं, असार १९   — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेकोे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

‘भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। केही समयभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरु सबैमा पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेका छौं,’ उनले भने।

यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अगामी भदौ दोस्रो हप्ता काठमाडौंमा बस्ने भनेर पनि निर्णय गरेको बताए।

बैठकले रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचन प्रभावकारी रुपमा अगाडि बढाउन उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

बैठकले असोजको मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ मा प्राइमरी निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेको बताए।

‘प्राइमरि निर्वाचन गरेर त्यहा जसले जित्छ उसलाई नै उम्मेदवार बनाउने किनभने राप्रपाले प्राइमरि निर्वाचनलाई अगाडि लिएर जानुपर्छ। प्रजातन्त्रको पूर्ण रुपमा अभ्यास गर्नुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank