एएफसी एसियन कप छनोटमा नेपालले आज श्रीलंकासँग खेल्दै

दलित अनलाइन असार १८, २०८२

काठमाडौं, असार १८  — उज्बेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबिचको खेल तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः१५ मा हुनेछ।

पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। नेपाल र उज्बेकिस्तानको खेल समूह चरणको अन्तिम खेल हुनेछ।

पहिलो खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी साम्बाले कप्तानी सम्हालेकी थिइन्। पहिलो खेलमा कप्तानी सम्हालेकी सावित्राले ह्याट्रिक सहित ४ गोल गरिन्। नियमित कप्तान एञ्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै गोलकिपरमा अन्जना राना मगरले मौका पाएकी थिइन्।

पहिलो खेलमा सरस्वती हमालले नेपालका लागि डेब्यु गरेकी थिइन्। नेपालका लागि रेखा पौडेल, पूजा राना मगर, प्रिती राई जस्ता खेलाडीले पहिलो खेलमा दोस्रो हाफमा मात्रै मौका बनाए।

फिफा वरियतामा नेपाल १०० औँ स्थानमा छ भने श्रीलङ्का १५९ औँ स्थानमा छ। फिफा वरियतामा ५१ औं स्थानमा रहेको उज्बेकिस्तान समूह एफको सबैभन्दा बलियो प्रतिस्पर्धी हो। पहिलो खेलमा उज्बेकिस्तानले श्रीलंकामाथि १०-० को जित दर्ता गरेको थियो।

समूह एफको शीर्षस्थानमा रहने टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउनेछ। नेपालले सन् १९९९ यता एसियन कपमा स्थान बनाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank