नेपाललाई झाँक्रीको कटाक्ष– मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन

दलित अनलाइन असार १५, २०८२

काठमाडौं, असार १५   —  नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनगर्ठन गर्न माग गरेकी छिन्।

एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष माधव नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्।

‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने?,’ उनले भनिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’

अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गामा भ्रष्टाचार गरेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank